बिर्तामोड– झापाको बिर्तामोड स्थित गिरीबन्धु टी स्टेटको चिया फ्याक्ट्री परिसरमा पड्काइसकेको कुकर बम फेला परेको छ । नेकपा माओवादी पूर्वी केन्द्रीय कमाण्डको पर्चासँगै बम फेला परेको हो ।
घटनास्थलमा पुगेर नेपाली सेनाको बम विस्फोजल टोलीले थप अनुसन्धान गरेको थियो । गाडीको ब्याट्री, तारसहित कुकर र बिर्को फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा फेला परेको पर्चामा गिरीबन्धु टीस्टेटको जग्गा कब्जा किन ? भनेर विभिन्न सातवटा बुँदामा लेखिएको छ । सर्वसाधारणबाट सङ्कलन गरिएको करोडौं रकम सम्बन्धित नागरिकलाई फिर्ता गर्न पर्चामा चेतावनी दिइएको छ ।


















