८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

टीका लगाएर कसैलाई नेतृत्व हस्तान्तरण गर्दिन : प्रचण्ड



बाँके-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीका लगाएर नेतृत्व हस्तान्तरण गर्ने पक्षमा आफू नरहेको बताएका छन् । सेन्टर बाँकेले आइतबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो धारणा व्यक्त गरेका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले पार्टी अध्यक्षको पद टीका लगाएर हस्तान्तरण गर्ने चिज नभएको जिकिर गरे । पार्टीमा सिस्टम बनाएर उत्तराधिकारी नेता बनाउने तयारी भएको प्रचण्डले उल्लेख गरे ।

‘पार्टीको अध्यक्ष पद टीका लाएर हस्तान्तरण गर्ने चिज होइन । सिस्टम र विधि बनाएर उत्तराधिकारी तयार गर्छु’, पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘म सधैंभरि नेतृत्वमा भइरहनुपर्छ भन्ने छैन ।’

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार ००:००  १२ : ३५ बजे