९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

बिर्तामोडमा बसको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु



बिर्तामोड-पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोडस्थित होटल हिकोला हेरिटेज अगाडि शनिबार साँझ भएको सवारी दुर्घटनामा एकजना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलामको माई नगरपालिका ४ गैरीगाउँ घर भएकी ३० वर्षीया तुलसा पाँचकोटी रहेकी छन् । बिर्तामोड स्थित बीएन्डसी हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार प्रदेश १-०२-००२ ख ००३५ नम्बरको यात्रुवाहक बसले प्रदेश १-०१-०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक ठिरप्रसाद सुबेदी घाइते भएका छन् । उनको उपचार भइरहेको छ । घटनामा मोटरसाइकलको पछाडि सवार पाँचकोटीको ज्यान गएको प्रहरी निरीक्षक सन्तोष राईले बताए ।

दुर्घटनापछि बस चालक झापा कन्काई नगरपालिका वडा नं ३ का हिमाल विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार ००:००  ८ : ५८ बजे