खोटाङ-खोटाङमा शुक्रबार राति परेको चट्याङ लागेर तीनजना गम्भीर घाइते भएका छन् । ऐंसेलुखर्क गाउँपालिका ३ का डेनिस भुजेल, अनिषा भुजेल र समीक्षा दर्जी घाइते भएका हुन् ।
चट्याङ् लागेर उनीहरू तीनैजना बेहोस भएको प्रहरीले जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उनीहरूको उपचार भइरहेको छ ।
बेहोस अवस्थामा उपचारका लागि भर्ना गरिएका तीनै जनाको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको ऐसेलुखर्कका प्रमुख प्रहरी निरीक्षक हरि बरालले बताए ।


















