झापा-बाढी पहिरो लगायतका विपतमा परी पछिल्लो अढाई महिनामा २०३ जनाको मृत्यु भएको छ । लगातारको वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरो जाँदा उनीहरूले ज्यान गुमाएका हुन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ उपत्यकामा ३ जनाको ज्यान गएको छ । कोशी प्रदेशमा मात्रै २८ जनाले ज्यान गुमाएका छन् । मधेस प्रदेशमा आठ र बागमती प्रदेशमा ४२ जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेशमा ५६ लुम्बिनी प्रदेशमा ३७ कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १६ गरी २०३ जनाको मृत्यु भएको प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताए ।
प्राकृतिक विपत्तिका ती घटनामा २५१ जना घाइते भएका छन् । कोशी प्रदेशमा मात्रै घाइते हुनेको सङ्ख्या ३८ छ । विपतका घटनाबाट ६०४४ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।


















