२ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025

टिकटक माथिको प्रतिबन्ध हटाउने सरकारको तयारी



झापा-सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । चिनियाँ पक्षको पटक-पटकको दबाबपछि सरकार टिकटक माथिको प्रतिबन्ध हटाउने निष्कर्षमा पुगेको हो ।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै २०८० कार्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

पछिल्ला दिनमा चिनियाँ राजदूत छन सोङले हरेक राजनीतिक भेटवार्ताका क्रममा टिकटकमाथिको प्रतिबन्धबारे निरन्तर चासो व्यक्त गर्दै आएका छन् ।

टिकटकले समेत लिखित पत्र लेखेर नेपालका सबै कानुन र सर्त मान्ने जनाउँदै आफूमाथि लगाइएको प्रतिबन्ध तत्काल हटाउन सरकारसँग माग गर्दै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक प्रतिबन्ध खोल्ने बारे आवश्यक गृहकार्य गर्न सरकारी अधिकारीहरुलाई निर्देशन दिएको जनाइएको छ । केही सरकारी अधिकारीले छिट्टै मन्त्रिपरिषदबाट टिकटक प्रतिबन्ध फुकुवाको निर्णय हुने बताएका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार ००:००  १० : २० बजे