८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

दमकबाट पेस्तोलसहित गजमेर पक्राउ



दमक-झापाको दमकबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक नगरपालिका वडा नम्बर ८ घर भएका ३६ वर्षीय सञ्जीव गजमेर पक्राउ परेका हुन्।

दमक नगरपालिका ५ बानेश्वर हाइटमार्ग जाने भित्री सडक खण्डमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमको टोलीले गजमेरलाई सोमबार बिहान पक्राउ गरेको हो।

गजमेर काे ३८ प ५६४९ नम्बरको स्कुटरमा सवार थिए। स्कुटरको चाबी लगाउने भागको तल लुकाई राखेको खैरो रङको कभर सहितकाे पेस्तोल फेला परेको हो ।

झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले गजमेरलाई खानतलासी लिँदा दुई थान म्याग्जिन पनि फेला परेको बताए । गजमेरलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार ००:००  ११ : ३१ बजे