९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

दूधे रंगशालामा २५ हजार दर्शक क्षमताको प्याराफिट बनाउने योजना



सतासीधाम– झापाको शिवसताक्षी नगरपालिकामा २५ हजार दर्शक अट्ने क्षमताको प्याराफिट निर्माण भइरहेको छ । नगर गौरव आयोजनाका रूपमा दूधे रङ्गशालामा प्याराफिट निर्माण भइरहेको हाे ।

शिवसताक्षी नगरपालिकाले आफ्नै लगानी र व्यवस्थापनमा गत चैतदेखि प्याराफिट निर्माणको काम सुरु गरेको थियो । २०७४ मा बनेको मास्टर प्लानका आधारमा प्याराफिट निर्माण भइरहेको हो ।

छ बिघा १५ कट्ठा क्षेत्रफल फैलिएको रङ्गशालामा यसअघि कम्पाउन्ड र गेट निर्माण भइसकेको छ । प्याराफिटकाे माथिल्लो तला निर्माण गरी स्टेजमा छानो लगाइने नगर प्रमुख मेगाहाङ थोप्राले बताए ।

६९ लाख ६१ हजारको लागतमा प्याराफिट निर्माणको काम थालिएको हो । चालु आर्थिक वर्षमा पनि प्याराफिट निर्माण कार्यलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।

अहिले तयार भएको प्याराफिटमा ४०० भन्दाबढी दर्शकले फुटबल हेर्न सक्ने इन्जिनियर उत्तम बरालले बताए । वर्षेनि प्याराफिट निर्माणको कामलाई निरन्तरता दिने नगरपालिकाको योजना छ ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार ००:००  १ : ०५ बजे