१ असार २०८३, सोमबार | Mon Jun 15 2026

इजरायलले दुई हजार नेपाली श्रमिक लैजाँदै



झापा-वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको इजरायलले दुई हजार जना नेपाली केयर गिभर श्रमिक लैजाने भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी र नेपालस्थित इजरायली राजदूत हनान गोडर गोल्डर बर्गरबीच सोमबार भएको भेटवार्तामा यस्तो सहमति भएको हो ।

भेटवार्तामा इजरायल नेपाली केयर गिभरहरूको सङ्ख्या बढाउन सहमत भएको छ । यसअघि गत असारमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न ८०० जनाको आवेदन खुला गरिएको थियो।

श्रम मन्त्रालयका अनुसार ८०० जना लैजाने गरी आवेदन प्रक्रिया अघि बढे पनि अब दुई हजार नेपाली श्रमिक लैजान इजरायल सहमत भएको हो।

श्रम तथा रोजगार मन्त्रालयका अनुसार एक हजारलाई मुख्य र बाँकी एक हजारलाई वैकल्पिक उम्मेदवारका लागि कोटा छुट्याइएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार ००:००  ८ : १० बजे