८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

कनकाईमा बगाएर ल्याउँदै गरिएको काठ बरामद



बिर्तामोड-कनकाई माईमा बगाएर ल्याउँदै गरिएको सखुवा जातको काठ प्रहरीले बरामद गरेको छ । गाडीको टीउमा बाँधेर ल्याउँदै गरिएको काठ प्रहरीले बरामद गरेको हो ।

चिरान काठ खोलामा बगाउँदै ल्याएर बेच्ने गिरोह बर्खा याममा सक्रिय रहँदै आइरहेका बेला प्रहरीले यस सम्बन्धी सूचना प्राप्त गरेको थियो ।

सूचना पाए लगत्तै अस्थायी प्रहरी चौकी माइधारबाट खटिएको प्रहरी टोली र गैडे सामुदायिक वन उपभोक्ता समितिको टोलीले काठ नियन्त्रणमा लिएको हो ।

वन समूह र प्रहरीको टोलीले १९ क्युफिट काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार ००:००  ७ : ४९ बजे