बिर्तामोड– रतुवा खोलाले बगाएर झापाको शिवसताक्षी-३ का ३६ वर्षीय राजु मण्डलको मृत्यु भएको छ । बुधबार अपरान्ह रतुवा खोलामा घुगी टिप्न गएका मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।
खोलाले बगाएर बेपत्ता भएका मण्डलको बिहिबार बिहान शव भेटिएको थियो । प्रहरीका अनुसार रतुवा र दिपिनी खोलाको दोभानमा मण्डल मृत अवस्थामा भेटिएका हुन् ।
मण्डललाई खोलाले बगाएपछि उनका साथी तिलक बुढाथोकीले इलाका प्रहरी कार्यालय दमकमा खबर गरेका थिए । लगत्तै खोजीका लागि प्रहरी टोली परिचालन भएको थियो ।


















