७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026

बैंकहरूमा पैसा थुप्रियो : कर्जा विस्तार लक्ष्य आधामा सीमित



झापा– अधिकतम् ब्याजको प्रलोभन देखाएर बजारबाट अनपेक्षित रुपमा निक्षेप उठाएका बैंकहरु कर्जा प्रवाहमा भने सकस बेहोरिरहेका छन । बैंकहरूमा तरलता रकम थुप्रिएको छ भने कर्जा विस्तार लक्ष्य भने आधामा मात्रै सीमित छ ।

आर्थिक वर्ष सकिँदै गर्दा बैंकरले वार्षिक लक्ष्यको आधा पनि कर्जा प्रवाह गर्न नसकेका हुन् । यसबाट बैंकमा थुप्रिएको तरलता व्यवस्थापन गर्न सकस परेको छ ।

लगातार रेमिट्यान्स बढिरहेको छ । आयात पनि घटेको अवस्था छ । यस्तो अवस्थामा पनि बैंकहरूले अपेक्षाअनुसार कर्जा प्रवाह गर्न सकिरहेका छैनन् ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५१ खर्ब ५० अर्ब रुपैयाँ छ । मौद्रिक नीतिले अगाडि सारेको लक्ष्य हासिल गर्ने हो भने कर्जा विस्तार ५ खर्ब ६० अर्ब रुपैयाँले बढ्नुपर्ने थियो ।

राष्ट्र बैंकका अनुसार करिब ७ खर्बले निक्षेप बढेको छ । असार २५ सम्म ६४ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप पुगेको राष्ट्र बैंकले जनाएको हो । बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६ खर्ब ८४ अर्बले वृद्धि हुँदा कर्जा भने २ खर्ब ६९ अर्बले मात्रै बढेको छ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार ००:००  ९ : ०० बजे