१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

जेसिभी चालक राजुमान लिम्बूको परिवारलाई ७० हजार सहयोग



बिर्तामोड– सरकारी सवारी चालक एशाेसिएसन नेपाल झापाले बिर्तामोड-५ का स्वर्गीय राजुमान लिम्बूको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

असार २१ गते उपचारका क्रममा निधन भएका बिर्तामोड नगरपालिकाका जेसिभी चालक लिम्बूको परिवारलाई एशाेसिएसनले नगद ७० हजार रुपैयाँसहित दाल, चिनी, साबुनलगायत खाद्यान्न सहयोग गरेको हो ।

एशाेसिएसन झापाका उपाध्यक्ष पवन राजवंशी, महासचिव खेमराज नेपालसहितको टोली स्वर्गीय लिम्बूको घरमा पुगेर समवेदना प्रकट गर्नुका साथै उनकी श्रीमती रिना लावती मगरलाई सहयोग हस्तान्तरण गरेको हो ।

एशाेसिएसनले बिर्तामोड, दमक, अर्जुनधारा, झापा, गौरादह, मेचीनगर, कमल, भद्रपुर, शिवसताक्षी लगायतका स्थानीय तहबाट संकलन गरिएको रकम सहयोग गरिएको संस्थाका महासचिव नेपालले जानकारी दिए ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार ००:००  ८ : २५ बजे