९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान खारेज



झापा-नेपाल उद्योग वाणिज्य महासङ्घले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाएको छ । महासङ्घले विधानमा भएको व्यवस्थालाई संशोधन गरेको हो ।

यसअघि महासङ्घको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेको थियो । अब प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन हुने व्यवस्था महासङ्घले गरेको छ ।

सोमबार बसेको कार्यसमितिको बैठकले महासङ्घको विधान पारित गर्दै प्रत्यक्ष रुपमा नेतृत्व चयन गर्ने व्यवस्था गरेको महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

संशोधित प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भएपछि मात्रै अर्को कार्यकालदेखि लागू हुनेछ। संशोधित नयाँ विधानमा दुई जना वरिष्ठ उपाध्यक्षको व्यवस्था गरिएको छ ।

महासङ्घको कार्यसमितिबाट संशोधन भएको विधानलाई आगामी मङ्सिरमा हुने विशेष साधारण सभाले पारित गर्ने अध्यक्ष ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार ००:००  ९ : १० बजे