५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

नेपाल राष्ट्रिय वाणिज्य संघ झापाको अध्यक्षमा चिमरिया



बिर्तामोड-नेपाल राष्ट्रिय वाणिज्य संघ झापाको अध्यक्षमा नारायणप्रसाद चिमरिया निर्वाचित भएका छन् । शनिवार सम्पन्न दोस्रो जिल्ला सम्मेलनबाट चारबर्षे कार्यकालका लागि चिमरियाको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको हो ।

सम्मेलनबाट उपाध्यक्षमा मोहनप्रसाद सुवेदी र रमेश अधिकारी निर्वाचित भएका छन् । सचिवमा यामनाथ बिमली, कोषाध्यक्षमा मिनाल तिम्सिना, सह–सचिवमा कृष्ण तिवारीले जिम्मेवारी पाएका छन् ।

संघको सदस्यहरुमा भुवन कार्की, निर्मला खरेल ओडारी र शुशिला कटुवाल चयन भएका छन् । नेपाल राष्ट्रिय वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष केदार लामिछानेको प्रमुख आतिथ्य र संघका झापा अध्यक्ष पर्वत कार्कीको अध्यक्षतामा सम्मेलन भएको हो ।
कार्यक्रममा नेपाल राष्ट्रिय वाणिज्य संघको केन्द्रीय सचिव भीष्मराज खरेल, नेपाल उद्योग वाणिज्य संघको केन्द्रीय सदस्य उमेश डालमिया, नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी, उपाध्यक्ष शिव ढुङ्गेल, नेपाल राष्ट्रिय वाणिज्य संघका केन्द्रीय सदस्य कुलप्रसाद खरेल लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा नेकपा एमाले बिर्तामोड अध्यक्ष सुवास भट्टराई, एमाले कार्यालय सचिव छबिलाल विक, उद्योग तथा व्यवसायी महासंघ केन्द्रीय सदस्य रिङकुमार आचार्य लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार ००:००  ८ : ५५ बजे