धुलाबारी– हात्तीको आक्रमणबाट झापाको मेचीनगर-१२ की भीममाया राई गम्भीर घाइते भएकी छन् । शनिबारराति ९:३० बजे ५२ वर्षीया राईलाई हात्तीले आक्रमण गरेको हो ।
मेचीनगर-१२ किँरात चोकस्थित पसलबाट घर फर्कने क्रममा राईलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कालीझोडा सामुदायिक वनबाट निस्किएको हात्तीले आक्रमण गर्दा घाइते भएकी राईको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।


















