८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

चन्द्रगढी सामुदायिक वनका उपभोक्तालाई साबुन बनाउने तालिम



भद्रपुर-चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले महिला उपभोक्ताका लागि घरायसी प्रयोजनकाे सरसफाई सामान बनाउने तालिम सञ्चालन गरेको छ ।

गरिबी न्यूनीकरण तथा महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत उपभोक्ता समूहले साबुन, हार्पिक, सरफ, फिनेल बनाउने तालिम सञ्चालन गरेको हो ।

समूहका कोषाध्यक्ष अनुज खतिवडाका अनुसार तालिममा सामुदायिक वनका महिला उपभोक्ता सहभागी छन् । उपभोक्ताको सीप तथा क्षमता वृद्धिका लागि समेत तालिम उपयोगी हुने कोषाध्यक्ष खतिवडाले बताए ।

चार दिनसम्म चल्ने तालिमको बुधबार भद्रपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रामप्रसाद दाहालले उद्घाटन गरेका छन् । सामुदायिक वनका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको छ ।

समूहकी सदस्य मञ्जु अधिकारीका अनुसार असार ८ गतेसम्म सञ्चालन हुने तालिममा रुद्रप्रसाद भट्टराई र सीता बानियाँले सहजीकरण गर्नेछन् ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार ००:००  ७ : १६ बजे