बिर्तामोड-झापाको बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । ती विद्यार्थीको सबै अध्ययन खर्च बेहोर्ने गरी जेसीजले अभिभावकत्व लिएको हो ।
गाउँपालिकाभित्र रहेका १६ वटा सामुदायिक विद्यालयका १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरिएको बाह्रदशी जेसीजका अध्यक्ष खगेन्द्र सुवेदीले बताए ।
गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चौलागाईं, उपाध्यक्ष शान्तादेवी शिवाकोटी र प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला लगायतको सहभागितामा गाउँपालिकामा आयोजित कार्यक्रमका बीच जेसीजले अभिभावकत्व ग्रहण गरेको हो ।
















