८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

तत्काल नेतृत्व नछोड्ने प्रधानमन्त्री प्रचण्डको संकेत



काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको स्थायित्वका लागि माओवादी एकढिक्का हुनुपर्ने बताएका छन्। गण्डकीस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले अझै केही वर्ष पार्टीको नेतृत्व आफैँले गर्ने प्रष्ट संकेत गरेका छन् ।

पार्टीभित्र भाँडभैलो नभए वर्तमान सरकार पाँच वर्षसम्म जाने बताउँदै प्रचण्डले नेतृत्वको पक्षमा उभिने नेता तथा कार्यकर्ता महान हुने बताए । उनले नेतृत्व छोड्ने बेलामा धेरैभन्दा धेरै उत्तराधिकारी बनाउन चाहेको उल्लेख गरे ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार ००:००  ३ : १० बजे