८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

तीन पत्रकारसहित ११ जना सम्मानित



बिर्तामोड– झापाका तीन जना पत्रकारसहित ११ जना अक्षयकोष दाता सम्मानित भएका छन् । दशनामीका कूलगुरु शंकराचार्यको १२३६ औँ जन्मजयन्तीका अवसरमा नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले आइतबार उनीहरुलाई सम्मान गरेकोे हाे ।

अग्रज पत्रकार, नागरिक एफएमका प्रधान सम्पादक तथा साप्ताहिक समाचारका सम्पादक गोपाल गिरी, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष तथा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरी र शब्दपत्र प्रकाशन प्रालिद्धारा सञ्चालित शब्दपत्र डटकमका सम्पादक तथा प्रकाशक उद्धव पुरीलाई सम्मान गरिएको छ ।

पत्रकारत्रयले दशनामी समाजको प्रचार प्रसारमा गरेकाे योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको हो । समाजले अक्षयकोष दाताहरू समाजका केन्द्रिय संरक्षक भरतलाल गिरी, केन्द्रिय अध्यक्ष गोबिन्दबिक्रम गिरी, केन्द्रिय सल्लाहकार बालकृष्ण गिरी, समाजका कोशी प्रदेश सल्लाहकार चन्द्रप्रसाद र प्रदेश उपाध्यक्ष शारदा गिरी, कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश), बिर्तामोड नगर सल्लाहकार नरनाथ गिरीलाई सम्मान गरेको छ ।

नगर सल्लाहकार सन्तोष गिरी, अक्षयकोष दाता सूर्यप्रसाद र देबीकुमारी गिरी, सल्लाहकार शंकर गिरी, बिर्तामोड नगर कोषाध्यक्ष खड्गराज गिरी सम्मानित भएका छन् ।

समाजका बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक केन्द्रिय संरक्षक कृष्णकुमार गिरीको प्रमुख आतिथ्य रहेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार ००:००  ८ : ४८ बजे