९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026

बिर्तामोडमा सक्सेस पथ एजुकेशनल कन्सल्टेन्सीको शाखा



बिर्तामोड-सक्सेस पथ एजुकेशनल कन्सल्टेन्सीले झापामा पहिलो शाखा विस्तार गरेको छ । नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको कन्सल्टेन्सीले मङ्गलबार बिर्तामोडमा शाखा खाेलेकाे हाे ।

युरोपियन मुलुकमा अध्ययनका लागि जाने विद्यार्थीलाई शैक्षिक परामर्श दिने उद्देश्यले बिर्तामोडमा शाखा खोलिएको कन्सल्टेन्सीका कार्यकारी प्रमुख दिनेश बस्नेतले बताए ।

एमिटी कलेजका संस्थापक आरएस ढकालले प्रमुख अतिथिका रुपमा मङ्गलबार बिर्तामोड शाखाको उद्घाटन गरेका हुन् । चौलागाईं कम्प्लेक्समा शाखा राखिएको छ।

कार्यक्रममा बोल्दै ढकालले विदेश अध्ययनमा जाने विद्यार्थीहरू तीन किसिमले प्रभावित भइरहेको बताउँदै सबै पक्ष जिम्मेवार बन्नुपर्ने औंल्याए ।

कन्सल्टेन्सीकी सञ्चालक दिया भण्डारीले विद्यार्थीहरूलाई पूर्व जानकारी दिएर प्रशिक्षित गर्दै विदेश अध्ययनका लागि आफूहरूले प्रेरित गर्ने गरेको बताइन् ।

विदेशमा बसेर लामो समय अध्ययन गरेका युवाहरूको आफ्नै सीप र दक्षताका बीच सक्सेस पथ सञ्चालन भइरहेको सञ्चालक समेत रहेका सिनियर काउन्सिलर सिर्जन अधिकारी बताउँछन् ।

शाखा कार्यालय उद्घाटनका अवसरमा बोल्दै शाखा प्रबन्धक हेमन्त पाण्डेले विद्यार्थीलाई मात्रै नभएर अभिभावकहरूलाई पनि प्रशिक्षित गरिने जानकारी दिए ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार ००:००  ७ : ४२ बजे