९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

कम्युनिस्ट एकताको आधार तयार भयो : गजुरेल



इलाम-नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले कम्युनिस्ट एकताको आधार तयार हुँदै गएको बताएका छन् ।

सोमबार इलाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव गजुरेलले इलामको निर्वाचन एकताको एउटा आधार भएको प्रतिक्रिया दिए ।

उपनिर्वाचनमा कम्युनिस्टका साझा उम्मेदवार सुहाङ नेम्वाङले जित्ने निश्चित रहेको बताउँदै उपमहासचिव गजुरेलले पहिले जस्ताे एकैपटक एकता भने नहुने प्रष्ट पारे ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार ००:००  ८ : ०१ बजे