८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

महरा पक्राउ परेपछि थापाले भने, ‘सुन काण्डका दोषी कोही पनि उम्किनु हुँदैन’



काठमाडौँ-नेपाली कांग्रेसले सुन तस्करी प्रकरणमा जोडिएका कोही पनि उम्कन नहुने बताएको छ । माओवादी नेता कृष्णबहादुर महरा पक्राउ परेपछि सरकारलाई धन्यवाद दिँदै कांग्रेसले सुन काण्डमा मुछिएकाहरू कसैलाई पनि छोड्न नहुने बताएको हो ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आयोगले किटान गरेका कसैलाई पनि छोड्न नहुने बताउँदै आफ्नो पार्टीका तर्फबाट सरकारलाई पूर्ण साथ रहने बताएका छन् ।

महामन्त्री थापाले बैठकमा भने, ‘यसले हामीलाई एउटा कुरा सिकाएको छ । तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा एमालेले यो विषयमा कुरा नउठाएको भए आयोग नबन्ने रहेछ। आयोग नबनेको भए सुनकाण्ड फासफुस हुने रहेछ ।’

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार ००:००  ११ : ४६ बजे