८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

राप्रपा तराई मधेस अभियानमा



झापा-राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू चारदिने तराई यात्रामा निस्कने भएका छन् । चैत अन्तिम साता काठमाडौँमा हुने तय भएको जनप्रदर्शनलाई प्रभावकारी बनाउने उद्देश्यले उनीहरु तराई भ्रमणमा निस्किन लागेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार सोमबारदेखि बिहिबारसम्म तराई मधेशका आठ जिल्लामा आमसभा र कार्यकर्ता भेला आयोजना गरिएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा हुने तराई मधेश अभियानमा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री डाक्टर धवल शमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतको सहभागिता रहनेछ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार ००:००  ९ : २६ बजे