ओखलढुङ्गा– श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-२ का ओम कुमार सार्कीलाई पक्राउ गरेको छ ।
श्रीमती कमला सार्कीको हत्या गरेको आरोपमा ओम कुमार पक्राउ परेका हुन् । शनिबार बिहान ४ बजे कुटपिटबाट कमलाको ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बाली स्टार सिंहले ओम कुमारलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् ।


















