काठमाडौँ-अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई विश्वासमा लिएर देशको आर्थिक विकास र समृद्धिको दिशामा आफूलाई अगाडि बढाउने बताएका छन्।
निजी क्षेत्रसँगको सहकार्य बिना सफलता प्राप्त हुन नसक्ने जनाउँदै नवनियुक्त अर्थमन्त्री पुनले आपसी समन्वयका आधारमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
नेपाल उद्योग वाणिज्य महासङ्घको कार्य समितिसँग विद्यमान आर्थिक समस्या समाधानको विषयमा बिहीबार छलफल गर्दै अर्थमन्त्री पुनले निजी क्षेत्रमाथि धरपकड हुन नदिन आफूले अधिक प्रयत्न गर्ने बताए।
अनुसन्धान पूरा नगरी थुन्ने वातावरणको अन्त्य गर्न आफ्ना तर्फबाट पहल र प्रयत्न हुने बताउँदै अर्थमन्त्री पुनले गल्ती गर्नेलाई भने सजायको भागीदार बनाई छोड्ने दृढता व्यक्त गरे ।


















