८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

सरकारमा जाला कि नजाला एकीकृत समाजवादी ?



काठमाडौँ-सत्ता गठबन्धनमा भएको फेरबदलसँगै राजनीतिक दलहरू सरकारमा जाने कि नजाने भन्ने विषयमा आन्तरिक छलफल गरिरहेका छन् । एमालेको अग्रसरतामा बनेको गठबन्धनमा सामेल हुने कि नहुने भन्ने विषयमा एकीकृत समाजवादीको बैठक बस्ने भएको छ ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्ने तय भएको पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए। बैठकमा सरकारमा सहभागिताका साथै समग्र विषयमा छलफल हुने जनाइएको छ।

मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष माधव नेपाललाई भेटेर सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए। जवाफमा अध्यक्ष नेपालले पार्टीमा छलफल गरेर निर्णय लिने बताएका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार ००:००  ८ : २७ बजे