८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

कोषाध्यक्षका उम्मेदवार निरौलालाई विजयी गराउन मोबाइल एशाेसिएसनको अपिल



झापा-मोबाइल एशाेसिएसन बिर्तामोडले बिर्तामोड उद्योग वाणिज्य सङ्घमा आफूहरूको समेत सहभागिता रहने गरी कोषाध्यक्ष पदका उम्मेदवार युवराज निरौलालाई मतदान गरी विजयी बनाउन सार्वजनिक रुपमा अपिल गरेको छ ।

निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुन लागेको अवस्थामा व्यवसायी तथा उद्यमीहरुको हकहित, सुरक्षा र संरक्षणमा दत्तचित्त भएर लाग्ने नेतृत्व आजको आवश्यकता भएको जनाउँदै एशाेसिएसनले कोषाध्यक्षका उम्मेदवार निरौलाको पक्षमा मतदान गर्न सबै उद्योगी व्यवसायीलाई अपिल गरेको छ ।

संघको नेतृत्वमा यसपटक मोबाइल व्यवसायीको समेत प्रतिनिधित्व गराउने उद्देश्यले एशाेसिएसनका अध्यक्ष समेत रहेका निरौलालाई कोषाध्यक्षको उम्मेदवारका रूपमा अगाडि सारिएको एशाेसिएसनका वरिष्ठ उपाध्यक्ष सुप्रित खनाल र महासचिव सञ्जय साहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘बिर्तामोड मोबाइल एसोसिएसनका अध्यक्ष, यस क्षेत्रका युवा व्यवसायी, मिलनसार तथा उर्जाशील व्यक्तित्व श्री युवराज निरौलालाई अत्यधिक मतसहित विजयी गराइदिनुहुन बिर्तामोडमा रहेर व्यापार व्यवसाय गर्ने सम्पूर्ण उद्योगी व्यवसायी साथीहरुमा हार्दिक अपिल गर्दछौँ ।’

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार ००:००  ७ : ५९ बजे