९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

लायन्स बिर्तामोड लेडीद्वारा शैक्षिक सामग्री वितरण



झापा- लायन्स क्लब अफ बिर्तामोड लेडीले अर्जुनधारा–६ दास पुलस्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । विद्यार्थीलाई कपी तथा अन्य स्टेशनरी सामान वितरण गरिएको हो ।

लायन्स क्लब अफ बिर्तामोड लेडीकी सक्रिय सदस्य तथा सामाजिक ब्यक्तित्व उमा साहका छोराको जन्मदिनको अवसर पारेर सो सहयोग गरिएको लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरू उप्रेती ओलीले बताइन् ।

कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक्ट चिफ नीरज ओली, वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओली, छठ महिला मञ्चकी अध्यक्ष हेमलता चौधरी, लायन्सका लिडरहरु, विद्यालयका शिक्षक, शिक्षिकालगायतको उपस्थिति रहेको थियो ।

लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष ओलीको यो ४२ औँ कार्यक्रम भएको जनाइएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार ००:००  ११ : ११ बजे