बिर्तामाेड-नेकपा एमाले झापाको ११औं जिल्ला अधिवेशन आगामी वैशाखमा हुने भएको छ । मङ्गलबार र बुधबार भएको जिल्ला कमिटीको बैठकले अधिवेशनको मिति तय गरेको हो ।
एमाले जिल्ला प्रचार विभाग प्रमुख गोपाल काफ्लेका अनुसार वैशाख १४ र १५ गतेका लागि जिल्ला अधिवेशनको मिति तोकिएको छ ।
जिल्ला कमिटी बैठकले फागुनमा गर्ने गरी निर्धारण गरिएको दमक नगर कमिटी र झापा गाउँ कमिटीको अधिवेशन स्थगित गर्न निर्देशन पनि दिएको छ ।
एमाले जिल्ला सचिव शिव ढुंगेलले आगामी जेठ १५ गतेसम्ममा पालिकाका कमिटीको अधिवेशन हुने र जेठ मसान्तसम्ममा वडा कमिटीको अधिवेशन सक्ने गरी तालिका बनाउन निर्देशन दिने निर्णय भएको जानकारी दिनुभयो ।

















