बिर्तामोड-बिर्तामोड उद्योग वाणिज्य सङ्घले अविलम्ब व्यवसाय नवीकरण गर्न सबै उद्योगी व्यवसायीलाई अनुरोध गरेको छ ।
आसन्न निर्वाचनको पूर्वसन्ध्यामा संघले सूचना निकालेर नवीकरण प्रक्रिया अगाडि बढाउन सबै उद्योगी व्यवसायीलाई सार्वजनिक रुपमा अनुरोध गरेको हो ।
संघले फागुन १४ गतेका लागि कार्यकारणी समितिको निर्वाचनको मिति तोकेको छ । निर्वाचन अगावै व्यवसाय नवीकरण गराउनुपर्ने प्रावधान अनुसार संघले सबै व्यवसायीलाई यस्तो आग्रह गरेको हो ।
निर्वाचन हुनुभन्दा २० दिन अगाडि व्यवसाय नवीकरण गरिसक्नुपर्ने प्रावधान छ । यही प्रावधानका आधारमा बिर्तामोडका उद्योगी व्यवसायीले माघ २३ गतेसम्म आफ्नो व्यापार व्यवसाय नवीकरण गराउन सक्नेछन् ।


















