चितवन-भारतीय नम्बर प्लेटको एउटा जीप त्रिशुली नदीमा खसेको छ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशुलीमा खसेको हो ।
आज बिहान पौने पाँच बजेको समयमा जीप त्रिशुलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । जीप सडकबाट करिब ८५ मिटर तल खसेको छ । ।
जीप खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरको टोली परिचालन गरिएको छ । स्थानीयले जीप नदीमा खसेको खबर गरेपछि टोली खटाइएको हो ।
गोताखोरको टोलीले जीप पानीभित्र भेट्टाएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । उक्त जीपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन् ।


















