धरान-बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक तथा कर्मचारीले सुरु गरेको आन्दोलन पेचिलो बन्दै गएको छ ।
लामो समयदेखि नियमित बढुवा नभएको जनाउँदै चिकित्सक र कर्मचारीहरू आपतकालिन उपचारबाहेक अन्य सेवा ठप्प पारेर आइतबारदेखि आन्दोलनमा छन् ।
चिकित्सक र कर्मचारीको आन्दोलन चलिरहेका बेला प्रतिष्ठानको नेतृत्व गरिरहेका कायममुकायम उपकुलपति प्रहलाद कार्की भने बिदामा बसेका छन् ।
बढुवा विवाद सुल्झाउन पुस २५ मा आफैँले प्रतिष्ठानको कार्यकारणी बैठक बोलाएका कार्की बिदामा बसेपछि झन् समस्या भएको छ ।


















