खोटाङ-पूर्वी पहाडी जिल्ला खोटाङमा ३७ करोड भन्दा बढीको सुन्तला उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र खोटाङले यो वर्ष ३७ करोड ३५ लाख मूल्य बराबरको जनाएको हो ।
सुन्तला खेतीप्रति स्थानीय किसानको आकर्षण बढेपछि उत्पादनमा पनि वृद्धि भएको कृषि ज्ञान केन्द्रका प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए ।
ज्ञान केन्द्रका अनुसार सात सय ४२ हेक्टरमा यो वर्ष तीन हजार सात सय ३५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।
ग्रामीण क्षेत्रसम्म यातायातको पहुँच पुगेपछि किसानले उत्पादन गरेको सुन्तलाले बजार भाउ पाएको हो । खोटाङमा उत्पादित सुन्तला अहिले पूर्वी तराईका जिल्लामा बिक्री भइरहेको छ ।


















