भद्रपुर-झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत सम्मानित भएका छन् । भद्रपुर झापा गोल्डकपले आइतवार बस्नेतलाई सम्मान गरेको हो ।
मेची रंगशालामा भएको प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको अवसरमा बस्नेत सम्मानित भएका हुन् ।
गोल्डकप तथा अन्य सामाजिक संस्थामार्फत खेलकुदको विकास तथा प्रवर्धनमा बस्नेतको विशेष योगदान रहँदै आउको छ । उनलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सम्मानपत्र प्रदानगरेका छन् ।
कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकाल लगायतले बस्नेतलाई बधाइृ तथा शुभकामना दिएका छन् ।
















