दमक–पूर्वपश्चिम राजमार्ग अन्तर्गत पथरी–कानेपोखरी सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रोकिराखेको ट्यांकरमा स्कुटर ठोक्किँदा दमक नगरपालिका–५ का सानेकुमार राईको मृत्यु भएको हो ।
प्रहरीका अनुसार पथरी शनिश्चरे नगरपालिका–१० डाँसखोलामा आइतबार बेलुका ट्यांकरमा स्कुटर ठोक्किएको हो ।
चिकित्सकका अनुसार मृतकको साथबाट ब्लुबुक फेला परेको छ । त्यसबाट मृतकको नाम र पहिचान खुलेको छ । मृतकको शवलाई ट्रमा अस्पताल मंगलबारेमा लगिएको छ ।


















