८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

मेचीनगरको रवर उद्योगमा आगो लाग्दा २५ लाखको क्षति



मेचीनगर-झापाको मेचीनगरस्थित धाइजन पशुपालन तथा रबर उद्योग प्रालिमा शुक्रवार आगलागी हुँदा २५ लाख बरावरको क्षति भएको छ । मेचीनगर–११ धाइजनका शान्तिराम चिमरीयाले सञ्चालन गरेको उद्योगमा आगो लागेको हो ।

रबर सुकाउने भट्टीबाट अचानक आगलागी सुरु भएको थियो । बारुणयन्त्रको सहयोगमा एकघण्टाभित्र आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगलागीबाट रबर, रबर बनाउने मेसिन, १५० मन धान पूर्ण रुपमा जलेर नष्ट नष्ट हुँदा २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको हो ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार ००:००  ७ : १९ बजे