झापा-श्रीमान् जीवित हुँदाहुँदै रामेछापकी एक जना महिलाले मृत्युदर्ता गराएर एकल भत्ता लिएको खुलेको छ । रामेछाप मन्थली नगरपालिका वडा नम्बर ३ की निर्मला खत्रीले श्रीमान् जीवित हुँदाहुँदै मृत्युदर्ता गराएर भत्ता लिएको खुलेको हो ।
खत्रीलाई तत्कालीन वडा सचिव शिवकुमार महतोले मृत्युदर्ताका लागि सहयोग गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । वडा सचिवले भत्ता लिन एकल महिला परिचय पत्र बनाउन लिखत बनाइदिएका थिए ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जीवित श्रीमानको मृत्यु दर्ता गरी एकल महिला भत्ता लिएको आरोपमा खत्री र वडा सचिवविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता भोला दाहालले खत्री र वडा सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको बताए ।


















