दमक-झापाको दमक नगरपालिकाले पश्चिम नेपालका भूकम्प पीडित नागरिकका लागि पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत दमक नगरपालिकाले उक्त सहयोग रकम उपलब्ध गराउन लागेको हो ।
नगर प्रमुख राम थापाले भूकम्प पीडितका लागि दैवी प्रकोप राहत कोषमार्फत नगरपालिकाका तर्फबाट पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको बताए । जाजरकोट केन्द्रविन्दू भएर दुई साताअघि भूकम्प गएको थियो ।
भूकम्पबाट ठूलो मानवीय क्षति हुनुका साथै हजारौँ नागरिक घरवारविहीन भएका थिए । उनीहरुका लागि न्यानो कपडाको अभाव रहेको जाजरकोट प्रशासनले जनाएको छ ।

















