१ असार २०८३, सोमबार | Mon Jun 15 2026

लागुऔषध मुद्दाका दोषी अभियुक्त पक्राउ



बिर्तामोड– लागूऔषध मुद्दाका एकजना फरार अभियुक्तलाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका ११ का रामबाबु साह छन् ‌।

जिल्ला प्रहरी कार्यालयबाट फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले साहलाई पक्राउ गरेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

झापा जिल्ला अदालतले २०७८ भदौ १३ गते साहलाई लागूऔषध मुद्दामा पाँच वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ‌।

डीएसपी रिजालका अनुसार अदालतको आदेश बमोजिम दोषी ठहर भएका साहलाई कारागार चलान गरिएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार ००:००  ७ : ४० बजे