८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

बिर्तामोडमा उत्कृष्ट विद्यार्थी पुरस्कृत



बिर्तामोड– झापाको बिर्तामोड नगरपालिकाले आधारभूत शिक्षा परीक्षा कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगदसहित प्रोत्साहन गरेको छ। नगरपालिकाले ४ जीपीए हासिल गरेका १९ जना विद्यार्थीलाई जनही ५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरेको हो।

पुरस्कृत हुनेमा एमिटी माविकी अर्पिता अधिकारी, लालिगुँरास इङ्लिस स्कुलकी आर्जु कार्की तथा लिटल फ्लावर्स अंग्रेजी बोर्डिङ स्कुलका दृष्टी मित्तल, निश्चल शाह, प्रजिशा पोखरेल, प्रत्युस प्रसाई, वैभव शर्मा र वेदांश शर्मा रहेका छन्। यसैगरी महेन्द्ररत्न माविका पुजता सुवेदी, मोहनमाया माविका आदित्य अर्याल, आयुशा निरौला, अजयबाबु श्रेष्ठ, अंकुश प्रधान, सलिना बाँस्कोटा र प्रतिक्षा ढकाल पनि पुरस्कृत भएका छन्।

यस्तै, नवोदय फनमिन इङ्लिस स्कुलका समिर कुमार यादव, न्यूटन्स एजुकेशन एकेडेमीका कमल कुमार अधिकारी, निदी माविकी युनिशा राजवंशी र तक्षशीला प्रोग्रेसिभ स्कुलकी जेशिका श्रेष्ठलाई पनि उत्कृष्ट विद्यार्थीका रूपमा सम्मान गरिएको छ।

यसअघिको कार्यक्रममा छुटेकी मोहनमाया माविकी एसईई उत्कृष्ट विद्यार्थी केन्सिका गणेशलाई समेत पुरस्कृत गरिएको थियो।

नगरपालिकाले विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको उपसचिव तिलचन भण्जडारीले बताए । सहभागीहरूले यस्ता कार्यक्रमले अध्ययनप्रति उत्साह बढाउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार ००:००  १० : ५४ बजे