झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएको बताएका छन्। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने भएकाले उक्त निर्णयलाई आफू र आफ्नो पार्टीले पूर्ण सम्मानका साथ स्वीकार गरेको उनले जनाएका छन्।
सूर्य चिन्हमा मतदान गरेर पार्टीको पक्षमा उभिएका सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक तथा समर्थकप्रति उनले धन्यवाद व्यक्त गरेका छन्।
परिणाम अनुकूल नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टी सधैं जनताकै बीचमा रहेर काम गरिरहने बताएका छन्।














