झापा-विश्वासको मत नपाउने निश्चित प्राय भएपछि मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजीनामाको घोषणा गरेका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा यादवले राजीनामा घोषणा गरेका हुन् ।
विश्वासको मतल दिने उद्देश्यका लागि बिहान ८ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । तर, मुख्यमन्त्री यादव आफैं बैठकमा उपस्थित भएनन् । उनी अनुपस्थित भएपछि बैठक स्थगित गरिएको थियो ।
सर्वोच्च अदालतले सोमबार साँझ परमादेश जारी गरी २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवलाई निर्देशन दिएको थियो ।














