झापा-वर्षा र पहिरोका कारण कोशी प्रदेशमा मृत्यु हुनेको संख्या ४६ पुगेको प्रहरीले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलले दुई दिनमा मानवीय क्षति ठूलो भएको बताए ।
असोज १८ गतेदेखि अविरल वर्षासँगै बाढी र पहिरो सुरु भएको थियो । कतिपय ठाउँमा अझै जोखिम कायम छ । पछिल्लो विवरण अनुसार कोशीमा अझै तीन जना बेपत्ता छन् । सुरक्षा निकायले २ हजार भन्दाबढी नागरिकको उद्धार गरेका छन् ।
सबैभन्दा धेरै इलाममा ३८ जनाको मृत्यु भएको छ । पाँचथरमा २, मोरङमा १, सुनसरीमा १, उदयपुरमा २, खोटाङमा १ र भोजपुरमा १ जनाको मृत्यु भएको छ ।














