काठमाडौँ-सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारको औचित्य समाप्त भएको टिप्पणी गरेका छन् । जेनजी युवाको आन्दोलनमा भएको दमनप्रति असन्तुष्टि व्यक्त गर्दै कांग्रेस नेता कोइरालाले यस्तो टिप्पणी गरेका हुन् ।
कोइरालाको टिप्पणी सार्वजनिक भइरहँदा आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । ३०० भन्दा बढी घाइते विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।
नेता कोइरालाले सामाजिक सञ्जाल बन्द गर्नुलाई अधिनायकवाद भनेका छन् । उनले भ्रष्टाचार निर्मूल हुनैपर्ने धारणा राखेका हुन् ।
नेता कोइरालाले लेखेका छन्, ‘श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मलम लगाउन सक्दैन । यो पीडादायी क्षणमा म, तपाईँ र तपाईँका अभिभावकहरूसँगै छु र रहिरहनेछु ।’



















