८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

कृषि विकास बैकको मुनाफा बढ्यो



झापा-बजारमा ब्याज आम्दानी घटिरहेको चुनौतीपूर्ण अवस्थामा पनि कृषि विकास बैंकले आफ्नो व्यवस्थापकीय कुशलता प्रदर्शन गर्दै नाफामा वृद्धि हासिल गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी र शुल्क आम्दानी घटे पनि सञ्चालन मुनाफा ४१ प्रतिशतले बढ्नुले बैंकको आन्तरिक कार्यक्षमतामा भएको सुधारलाई पुष्टि गर्छ ।

यो सफलताको मुख्य रहस्य हो –खराब कर्जा असुलीमा आक्रामक रणनीति। बैंकले आफ्नो खराब कर्जा (NPL) ३.९१ प्रतिशतबाट ३.२६ प्रतिशतमा झार्न सफल भएको छ ।

बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकको अन्तिमसम्ममा बैंकको यस्तो नाफा २ अर्ब ५७ करोड १५ लाख रुपैयाँ रहेको थियो ।

यसकै परिणामस्वरुप, अघिल्लो वर्ष २ अर्ब ४५ करोड रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज (सम्भावित नोक्सानी व्यवस्था) यस वर्ष घटेर जम्मा १० करोडमा सीमित भएको छ ।

डुब्न लागेको ऋण सफलतापूर्वक उठाएर नाफा बढाउने बैंकको यो रणनीति अन्य वित्तीय संस्थाहरूका लागि पनि एक सफल उदाहरण बनेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, आइतबार ००:००  ११ : १८ बजे