१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

गौरादहमा करेन्ट लागेर महिलाको मृत्यु



बिर्तामोड-पश्चिमी झापाको गौरादहमा करेन्ट लागेर मंगलबार राति एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका-४ जोरघरे निवासी चन्द्रमाया नेम्वाङ रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मोटरबाट पानी तानेर खेतमा सिँचाइ गर्ने क्रममा ५४ वर्षीया नेम्वाङलाई करेन्ट लागेको हो । घरदेखि १० मिटर पूर्व उत्तरमा रहेको खेतमा सिंचाई गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

छोरा सुरेश नेम्वाङले करेन्ट लागेर आमा लडिरहेको देखेपछि छरछिमेकलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर अनुसन्धान सुरु गरेको जनाइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बुधबार ००:००  ८ : ३९ बजे