१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

बहुविवाहलाई कानुनी मान्यता दिने सम्बन्धी मस्यौदाको आलोचना



झापा-नेकपा एमालेका महासचिव शंकर पोखरेलले कानुन मन्त्रालयले तयार पारेको बहुविवाहलाई कानुनी मान्यता दिने सम्बन्धी मस्यौदाको आलोचना गरेका छन् । उनले यसलाई कुनै एक व्यक्तिको सोचको उपज भन्दै समग्र राज्यको नीति मान्न नहुने तर्क गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै पोखरेलले यस्तो विवादास्पद मस्यौदामा समग्र सरकारको सहमति नरहेको बताउँदै यसलाई सिंगो राज्यको सोचका रूपमा बहस गरिनु दुःखद भएको उल्लेख गरेका छन् ।

‘विशेष परिस्थिति’मा बहुविवाहलाई मान्यता दिने गरी कानुन संशोधन गर्ने तयारीको जनस्तरबाट पनि आलोचना भइरहेको बेला सत्तारुढ दलका महासचिवको यस्तो भनाइ आएको हो ।

प्रकाशित मिति : १९ श्रावण २०८२, आइतबार ००:००  २ : १७ बजे