१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

पूर्व उपाध्यक्ष सुवेदी सम्मानित



झापा- बिर्तामोड उद्योग वाणिज्य संघले संघका पूर्व उपाध्यक्ष गणेशप्रसाद सुवेदीलाई सम्मान गरेको छ । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’का लागि संघका पूर्व उपाध्यक्ष सुवेदीले सबैभन्दा धेरै रकम प्रदान गरेका थिए ।

जन्मदिनको अवसरमा सुवेदीले एक लाख १५ हजार रुपैयाँ कोषका लागि सहयोग गरेपछि संघले सम्मान गरेको हो । बिर्तामोड ४ निवासी सुवेदी बिर्तामोडका पुराना व्यवसायीका रुपमा परिचित छन् ।

उनले विगत लामो समयदेखि गणेश किराना स्टोर सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शुक्रबार ००:००  १ : १० बजे