१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

सुरुङ्गाबाट लागुऔषधसहित दुई जना पक्राउ



झापा- झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा टेम्पु स्टेण्डबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । शुक्रवार बिहान अन्दाजी ६.३० बजेको समयमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला सिन्धुली भिमान नगरपालिका–१० का २६ वर्षीय विनोद बिक र जिल्ला झापा झापा गाउँपालिका–३ की २४ वर्षीया प्रेमकला महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्लाष्टिकका तीनवटा पोकामा करिब ३०० ग्राम ब्राउन सुगर भेटिएको हो । प्रहरीका अनुसार पक्राउ परेकालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शुक्रबार ००:००  ११ : ४८ बजे